काठमाडौं । नेपाली कांग्रेसको ललितपुर गोदावरीमा भएको महासमितिको बैठकमा पेश भएका चार प्रस्ताव पारित भएका छन्।
बिहीबार अपराह्नमा महासमितिको बैठकले चार वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रस्ताव पेश गर्नुभएको थियो ।
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच