टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

रायमाझी बस्दै आएको ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मारेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएकोमा उनीमाथि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी सम्पर्कविहीन छन् । रायमाझीका छोरा भने प्रहरी हिरासतमा छन् ।

प्रहरीले सोमबार देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न परिपत्र गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?