उपाधिका लागि जोकोभिच र मेदवेदेव भिड्ने

Read Time = 1 min

मियामी । युएस ओपन टेनिसको फाइनलमा डेनियल मेदवेदेव र नोभाक जोकोभिच भिड्ने हुनुभएको छ । मेदवेदेवले विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कराजलाई हराउँदै फाइनलमा जोकोभिचसँगको भिडन्त पक्का गर्नुभयो ।

मेदवेदेवले स्पेनिस विश्व नम्बर एक अल्कराजमाथि ७-६ (७-३), ६-१, ३-६ र ६-३ को सेटमा जित निकाल्नुभयो । जोकोभिचले अमेरिकी युवा बेन सेल्टनलाई हराएर कीर्तिमानी २४औँ ग्रान्सस्लाम उपाधिको नजिक पुग्नुभयो । ३६ वर्षका सर्वियन खेलाडीले ६-३, ६-२, ७-६ (७-४) को सेटमा अमेरिकी खेलाडी बेन सेल्टनलाई पराजित गर्नुभयो ।

जोकोभिच पछिल्लोपटक सन् २०२१ मा मेदवेदेभसँग युएस ओपनमा पराजित बन्नुभएको थियो । गत वर्ष कोभिडको भ्याक्सिनका कारण जोकोभिच अमेरिका छिर्न पाउनुभएको थिएन ।

जोकोभिच दसौँ पटक युएस ओपनको फाइनल पुग्नुभएको हो । उहाँ ५ वर्षको प्रतीक्षापछि ग्रान्डस्लाम उपाधिको नजिक हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?