काठमाडौं । एसिया प्रशान्त क्षेत्रका मुलुक सम्मिलित एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ । प्रत्येक दुर्ई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिको सहभागिता रहेको थियो । फागुन महिनाको ७ देखि १० गतेसम्म सञ्चालन भएको ३७औँ एसिया प्रशान्त क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकूलित रूपान्तरण, कृषिमा लगानी प्रवद्र्धन तथा कृषिको आधुनिकीकरण र खाद्यवस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी तथा खाद्यपदार्थ र उपलब्ध पानी क्षतिको न्यूनीकरणलगायतका विषयमा बृहत् छलफल भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
प्रत्येक दुर्ई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैठकमा कृषि क्षेत्रमा डिटिल प्रविधि प्रयोगका साथै सो क्षेत्रका साना राष्ट्रको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाबारेमा छलफल भएको थियो । नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिले भाग लिएको थियो भने मन्त्रिस्तरीय छलफलका विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो ।
खासगरी नेपालतर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवद्र्धनका सम्भावना र अवसरबारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको थियो । सोही क्रममा डिजिटल भिलेज इएटिएटीको सहयोग र एफएओको सहभागितामा नेपालमा सञ्चालित कार्यक्रम, सो क्षेत्रमा हालसम्म भएका उपलब्धि तथा अनुभवबारे प्रस्तुतीकरण गरिएको थियो । नेपालले एक मुलुक, एक विशेष बाली वस्तुतर्फ छनोट गरेको अलैँचीको अर्थतन्त्रमा योगदानका विषयमा पनि छलफल भएको थियो । नेपाली अलैँची निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा अलैँचीको महत्व, उत्पादन अवस्था, प्रशोधन प्रणाली तथा आन्तरिक तथा बाहृय बजार पहुँच सम्बन्धमा नेपालका तर्फबाट प्रस्तुतीकरण गरिएको थियो । विश्वका साना विकासशील टापु राष्ट्र, अतिकम विकसित राष्ट्र तथा भू–परिवेष्ठित राष्ट्रका सम्बन्धमा मन्त्रिस्तरीय विशेष बैठक सञ्चालन भएको थियो भने बैठकमा नेपालजस्ता भू–परिवेष्ठित राष्ट्रहरूले कृषि क्षेत्रमा अपनाएका प्रविधि, बजारीकरण तथा विश्व बजार पहुँचलगायतका विषयमा नेपालले प्रस्तुतीकरण दिएको थियो । एसआइडिएस, एलडिसी तथा एलएलडिसी राष्ट्रहरूले झेलेका समस्या तथा समाधानका लागि प्राथमिकताका विषय तय गरिएको मन्त्रालयले जनाएको छ ।
सम्मेलनको औपचारिक उद्घाटनका क्रममा हरेक राष्ट्रले आफ्नो मुलुकको कृषि क्षेत्रमा प्राथमिकता, सहयोगका क्षेत्र तथा आगामी दुर्ई वर्षका लागि एफएओको रणनीतिक तथा कार्यगत योजनासमेत समेटी कार्यपत्र प्रस्तुत भएको थियो । नेपालतर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एफएओ नेपालबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै नेपालको भौगोलिक विशेषतालाई मध्यनजर गर्दै पहाडी खेती बाली प्रणालीलाई विशेष जोड दिइएको थियो ।
साथै मन्त्री भुसालले एफएओ नेपालको सहकार्यमा सञ्चालित कार्यक्रम जस्तै हृयाण्ड इन हृयाण्ड इनिटिएटिभ, डिजिटल भिलेज इनटिएटिभ, ओकोप तथा ग्रिन सिटिज इनिटिएटिभ्स प्रवद्र्धनका विषयमा मन्तव्य राख्दै नेपालले आगामी दशकलाई कृषि लगानी दशकका रूपमा अघि बढाउन लागेको जानकारी गराउनुभएको थियो । सो अवसरमा मन्त्री भुसाल र एफएओ इन्भेष्टमेन्ट सेन्टरका निर्देशक मोहम्मद मस्यौरीबीच पनि दुर्ईपक्षीय बैठक भएको थियो । आयोजक राष्ट्र श्रीलंकाबाट सम्मेलनमा उपस्थित सहभागीलाई स्थलगत भ्रमण गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच