म्याग्दी । म्याग्दीका एक जेष्ठ नागरिकले आफ्नो ८४ पूजामा संकलित भएको रु छ लाख बढी रकम स्थानीय विद्यालयलाई दान गर्नुभएको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङका दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबीले चौरासी पूजाको अवसरमा संकलित रु ६ लाख १० हजार रकम च्युरिबोट स्थित सिद्धार्थ माविलाई सहयोग गर्नुभएको हो ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सो रकम दलबहादुर दम्पति परिवारले विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुन र निवर्तमान अध्यक्ष तमबहादुर पुनलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो ।
समाजसेवी दलबहादुर घर्ती मगर पुनले यस अघि दुई दशक बढी सोही विद्यालय व्यवस्थापन समितिमा आवद्ध भएर काम गरिसक्नुभएको थियो ।
बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा शौचालय निर्माण गर्नुका साथै च्युरीबोटमा खानेपानी आयोजना निर्माण गरेको थियो ।
विद्यालयको शैक्षिक तथा भौतिक विकास ,गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पु¥याउने उद्धेश्यले चौरासी पुजाको अवसरमा सहयोग गरेको पुनले बताउनुभयो । विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँबासी मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड लिदनुभयो । घर्ती मगर पुन दम्पतिले धार्मिक विधि अनुसार चौरासी पुजा गर्नुभएको छ ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु-याउने उद्धेश्यले स्थापित अक्षयकोषमा हालसम्म तीस लाख २४ हजार ६४३ रुपैयाँ रकम जुटेको विद्यालयका प्रधानाध्यापक ललितबहादुर घर्ती मगरले बताउनुभयो । विद्यालयले सहयोगदाता दम्पति परिवारलाई सम्मान गरेको थियो । विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच