काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सव (एनयूआरयूएफएफ) हुने भएको छ । आगामी वैशाखमा रामेछाप नगरपालिकामा नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण हुने भएको हो । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुने जनाइएको छ ।
सेलिब्रेटी नेपालको आयोजनामा महोत्सवमा सहभागी हुन चाहनेहरूका लागि दर्ता खुला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराउनुभयो । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच