काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीप्रति लक्षित आक्रमणका घटनामा कुनै कमी नआएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अनुसार गत शनिबार बेलुका सुर्खेतस्थित वीरेन्द्रनगरपालिका-१ गैरीचोकमा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सदस्य एवं विनोद निर्माण सेवाका प्रोप्राइटर विनोद गिरीमाथि गोली प्रहार भएको थियो ।
सोमबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानीको केन्द्रमै अत्यन्त योजनाबद्धरूपमा भएको गोलीकाण्डले मुलुकको अत्यन्त खस्कँदो सुरक्षा अवस्था उजागर गरेको महासंघको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट देशभरका निर्माण व्यवसायीसहित समग्र निजी क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ । म्याद थपमा देखिएको जटिलताका कारण राज्यबाट पाउनुपर्ने अर्बाैं रकमसमेत नपाई ठूलो मानसिक तनावमा रहेका निर्माण व्यवसायी यस घटनाबाट आतंकित भई अझ विक्षिप्त भएका छन् ।’
महासंघले गोलीकाण्डमा संलग्न सबैलाई कारबाही गर्न माग गर्दै देशभरका निर्माण व्यवसायीसहित उपकरणसमेतको सुरक्षाको पूर्ण व्यवस्था मिलाउन गृह मन्त्रालयलगायतका सरोकारवाला सबै निकायसँग माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच