दुई इन्जिनियरविरुद्ध अभियोगपत्र दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैलेखको निगालपानी रेग बगौरा सडक निर्माण आयोजनाका इञ्जिनियर सरोजकुमार दाहाल र सव इञ्जिनियर नवीनकुमार विसीले मिलेमतोमा रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

दाहाल र विसीले योजनाको सम्झौतामा निर्धारित सर्त र मापदण्ड विपरीत झुठा नापी किताब, उपभोक्ता सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन समेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बद्नियपुर्वक वास्तविक काम लुकाउँदै नभएको काम देखाएको अख्तियारको आरोप छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दाहाल र केसीविरुद्ध सोमबार अभियोगपत्र दायर गरेको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?