बारा-२ मा मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सोमबार ११ बजे देखि शुरु हुने भएको छ ।

सोमबार रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमबार बिहान ११ बजेबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । सर्वदलिय बैठकको निर्णय बमोजिम ११ बजे देखि मतगणना शुरु गर्ने तयारी भइसकेको उहाँले जानकारी दिनुभयो ।

मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैया-३ गंगापुर स्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।

महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुल मतदाता संख्या मध्ये कोल्हवी नगरपालिका-८ मा १ हजार ५ सय ८१, महागढीमाई नगरपालिकामा २१ हजार ६ सय ७६, पचरौता नगरपालिकामा १३ हजार ५ सय ९९, करैयामाई गाउँपालिकामा ११ हजार १ सय ५६, सुवर्ण गाउँपालिकामा ११ हजार ४ सय ६५ र देवताल गाउँपालिकामा ९ हजार ४ सय १० गरी कुल ६८ हजार ८ सय ८७ मत खसेको निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?