बागलुङ । सोमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
घाइते हुनेको संख्या २४ रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो ।
मृत्यु हुनेको सनाखत नभएको उहाँको भनाइ छ । सात जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको विकले बताउनुभयो । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
त्यस मध्ये चार जनालाई पोखरा रेफर गर्न थालिएको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच