अख्तियारद्वारा तत्कालिन कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । डोल्पाकाे ठुलीभेरी नगरपालिका-३ दुनैमा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याइएको रकम अनियमितता गरेको आरोपमा सामाजिक विकास कार्यालय डोल्पाका तत्कालिन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जना विरुद्ध अख्तियार अजुसन्धान दुरुपयोग आयोगले मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सामाजिक विकास कार्यालय, डोल्पाबाट विनियोजित रकमबाट डोल्पाकाे ठूलीभेरी नगरपालिका-३ स्थित दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत विवरण पेश गरी अनियमितता गरेकाे आराेपमा उनिहरुविरुद्ध मुद्दा दायर गरिएकाे आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।

फिल्डमा भएको कामभन्दा रु ९,९३,९४०.८० (नौ लाख त्रियानब्बे हजार नौ सय चालीस रुपैयाँ असी पैसा) बराबरको झुट्टा बिल भरपाई बनाई गैरकानूनी लाभ र हानी पुऱ्याउने बद्नियतले भुक्तानी दिने र लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले आचार्यसहित सामाजिक विकास कार्यालय डाेल्पाका सव-ईन्जिनियर माेति प्रसाद बुढा र डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति, दुनै, डोल्पाका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?