अहिले न्यायालयमा महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण छ : पूर्वप्रधानन्यायाधीश कार्की

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । पूर्वप्रधानन्यायाधी सुशीला कार्कीले महिलाहरु न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताउनुभएको छ ।

शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताउनु भयो । उहाँले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सम्मेलन नेपालमा महिला न्यायाधीशहरुको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ । अझ म आशा गर्दछु । दुई अढाई वर्ष कति छ, हाम्रो आउने महिला प्रधानन्यायाधीशको । मेरा दिदिबहिनीहरुले अथवा हाम्रा न्यायाधीशज्युहरुका चेलीबेटी, आमाबैनी कोको हुनुहुन्छ, उनीहरुले आफ्नो दोहोरो भुमिका राम्रोसँग निभाएर काम गर्न सक्दछन् । राम्रै डिसिजन दिनसक्छन् । राम्रै काम गर्न सक्दछन् । किनभने मैले गरेको छु । मैले त्यो संघर्ष गरेको छु । कति पीडा हुन्छ, त्यो मैले भोगेको छु । एउटा पुरुषले दुःख पाएको छ, भने महिलालाई पनि दण्ड सजाय महिलाले गरेका छन् । यो सम्मेलन शुरुवात हो । संविधानसम्मत काम हुनुपर्छ । यसका लागि हरेक सहयोग गर्ने पुरुषलाई धन्यवाद दिन्छु । सम्मेलनले नेपालमा महिला न्यायाधीशहरुको वृद्धिविकासका लागि ठूलो आयाम बन्नेछ ।’

आजबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?