काठमाडौं । सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका दुईजना लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत प्रमुख मालपोत अधिकृत लेखा पनेरु महत र मोरङको सुन्दर हरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई विशेष अदालतले जनही ६-६ महिना जेल सजाय हुने ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार दुवै अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
ताप्लेजुङ मालपोतका प्रमुख मालपोत अधिकृत पनेरु महतलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो ।
बुवाको नामको जग्गा दाखिला खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट उक्त घुस लिइसकेपछि पनेरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
लेखा अधिकृत ढकाललाई सजाय र जरिवाना
उता, मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले चलाएको भ्रष्टाचार मुद्दामा ढकाललाई पनि विशेष अदालतले शुक्रबार दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो । अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।
नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको इटहरी कार्यालयको टोलीले ढकालाई पक्राउ गरेको थियो ।
बालविकास शिक्षिका दोषी ठहर
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमाा मुद्दा चलाइएकी एकजना बालविकास शिक्षिका दोषी ठहर भएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिकास्थित श्री माध्यमिक विद्यालयकी बालविकास शिक्षिका निरञ्जना मल्लविरुद्ध गत मंसिर १५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा चलाइको मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो । अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई पनि ६ महिना जरिवाना र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई-स्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियारले जनाएको थियो । आयोगले शिक्षिका मल्ललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिमाना सजाय गर्न अदालतसँग माग गरेको थियो । अख्तियारको दाबीअनुसार मल्ल पनि दोषी ठहर भएकी हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच