बुबाको मुख हेर्ने दिन सानिमाको छुट

Read Time = 1 min

काठमाडौं । सानिमा बैङ्कले बुबाको मुख हेर्ने दिनका अवसरमा ग्राहकलाई विशेष छुट दिने भएको छ । उक्त छुट र्‍याडिसन होटल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमान्डु, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सकिनेछ ।

सानिमा बैङ्कको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैङ्किङबाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ । त्यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकले सानिमा मोबाइल बैङ्किङको क्युआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?