अष्ट्रेलियालाई टेस्ट च्याम्पियनसिपको उपाधि

Read Time = 2 mins

मेलबर्न । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा भारतलाई २०९ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौँ दिनको पहिलो सेसनमा सबै विकेट गुमाएर २ सय ३४ रनमा समेटियो ।

भारतका विराट कोहलीले ७८ बलमा सात चौकासहित ४९ रन बनाउनुभयो । यस्तै, अजिंके राहाणेले १०८ बलमा ४६ रन बनाउनुभयो । कप्तान तथा ओपनर रोहित शर्माले ६० बलमा ४३ रन बनाउनुभयो । विकेटकिपर केएस भरतले ४१ बलमा २३ रन बनाउनुभयो । चेतेश्वर पुजारा ४७ बलमा पाँच चौकासहित २७ रनमा आउट हुनुभयो ।

अष्ट्रेलियाका लागि नाथन लायनले चार तथा स्कट बोल्याण्ड तीन विकेट लिनुभयो । मिचेल स्टार्कले दुई विकेट लिनुभयो । त्यसअघि अष्ट्रेलियाले चौथो दिनको दोस्रो इनिङ्समा २७० रन बनाउँदै आठ विकेट गुमाएर समाप्तिको इनिङ्समा घोषणा गरेपछि भारतले ४४४ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरीले १०५ बलमा आठ चौकासहित अविजित ६६ रन बनाउनुभयो । मिचेल स्टार्क ५७ बलमा सात चौकासहित ४१ रनमा आउट हुनुभयो । मार्नस लाबुसेन १२६ बलमा ४१ र क्यामरन ग्रिन २५ रनमा आउट हुनुभयो । भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद शामी र उमेश यादवको नाममा समान दुई–दुई विकेट रहृयो ।

भारत पहिलो इनिङ्समा २९६ रनमा अलआउट भएको थियो । भारतका अजिंक्या राहाणेले १२९ बलमा ११ चौका र एक छक्कासहित ८९ रन बनाउनुभयो । शार्दुल ठाकुर १०९ बलमा ६ चौकासहित ५१ रनमा आउट हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?