औषधि पसलको अनुगमन गर्न गएको टोलीलाई इनरुवाका व्यापारीले २ घण्टा थुनेपछि….

हिमालय टाइम्स
Read Time = 3 mins

इनरुवा । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् ।

मेडिकल पसल सञ्चालकसहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् । गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायी सहितका ब्यापारी आन्दोलनमा उत्रिएका थिए ।

सो क्रममा अनुगमन टोली उपर हातपातको प्रयास हुनुका साथै दुव्र्यवहार र नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गर्नुपरेको थियो । औषधी व्यवसायी र व्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पु¥याएको थियो । सो पश्चात समेत ब्यापारी समूहले बजार क्षेत्रमा प्रर्दशन जारी राखे । उनीहरुले ओषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् ।

प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैली उपर प्रश्न उठाउँदै आन्दोलनमा उत्रनुपरेको प्रतिकृया दिनुभयो । उहाँले अनुगमनमा सहभागि जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताउनु भयो ।

उता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिकृया दिनुभएको छ ।

उहाँले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताउनु भयो । खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कार्यावहीको प्रकृयामा ल्याउने बताउनु भयो ।

यता घटना पश्चात जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानविन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?