काठमाडौं । इञ्जिनियरहरूका लागि सञ्चालित पाँचदिने पुल डिजाइन तालिम सम्पन्न भएको छ । स्केफ नेपालको आयोजनामा चैत २५ गतेदेखि नगरकोटमा आयोजित तालिम उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा र स्केफ नेपालका अध्यक्ष इञ्जिनियर ठाकुरप्रसाद शर्माले संयुक्तरूपमा गर्नुभएको थियो ।
कार्यक्रममा स्केफ नेपालका महासचिव तथा तालिम निर्देशक इञ्जिनियर कमल कार्कीले देश विकासका लागि टेवा पुगोस् भन्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभयो भने स्थानीय सडक पुल सहयोग इकाईका नेतृत्वकर्ता तथा तालिम संयोजक वरिष्ठ इञ्जिनियर शकिल मानन्धरले तालिमको प्राविधिक पक्ष र तालिमका विविध विषयमा जानकारी दिनुभएको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष लामाले पाँचदिने तालिमले देशभरि पुल निर्माणमा सहभागी सबै प्रशिक्षार्थीले आवश्यक सम्पूर्ण ज्ञान प्राप्त गरेर राम्रो पुलको डिजाइन तयार गर्न सक्षम हुने विश्वास लिएको बताउनुभयो । अध्यक्ष शर्माले पुल निर्माणका लागि उत्कृष्ट खाका तयार पार्न तालिममा सहभागी सबै सक्षम हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
तालिममा नेपालभरिका विभिन्न इञ्जिनियरिङ तथा कन्सल्ट्यान्ट फर्मबाट प्रशिक्षार्र्थीहरू सहभागी थिए । तालिममा सडक विभाग पुल शाखा, सडक पुल सहयोग इकाई, टिआइडी, मोपिड, सोटेनका इञ्जिनियर रहेका थिए ।
स्थानीय सडक पुल सहयोग इकाई तथा तालिम संयोजक वरिष्ठ इञ्जिनियर शकिल मानन्धर, इञ्जिनियर किशोर पौडेल, सिनियर इञ्जिनियर रञ्जन मानन्धर र सञ्जय अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिम समापन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका वरिष्ठ इञ्जिनियर अर्जुन सुवालले पुल निर्माणका विविध पक्ष केलाएर निर्माण गर्दा हुने गतिविधि पनि गहन अध्ययन अनुसन्धान गर्न सक्षम भएकोमा खुसी व्यक्त गर्नुभयो भने तालिम संयोजक मानन्धरले तालिम अत्यन्तै फलदायी भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच