काठमाडौं । दाम्पत्य जीवन सुमधुर बनाउने विभिन्न कुराहरु मध्ये यौन सबै भन्दा महत्वपूर्ण कुरा हो । भनिन्छ, जुन दाम्पत्यमा यौनको महत्व हुँदैन त्यो दाम्पत्य जीवन निरश हुन्छ । यौन प्रेमको एउटा स्वरुप हो । तपाईंको सम्बन्धलाई जोडि राख्ने एउटा बलियो कडी र आधार पनि यौन नै हो ।
यदि यो आधार कुनै कारणवस कमजोर भयो भने त्यसको सोझो प्रभाव तपाईंको सम्बन्धमा पर्छ । यौनको बारेमा आज पनि विभिन्न भ्रम र डरहरु हाम्रो समाजमा रहेका छन्, जसले तपाईंको सम्बन्धमा नकारात्मक असर पार्छ । तपाईंको सम्बन्ध बलियो बनाउनका लागि त्यस्ता भ्रम र त्यससंग सम्बन्धित वास्तविकताका बारेमा थाहा पाउन आवश्यक छ ।
पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा निकै दरार आउन थालेको छ । नेपाली समाजमा पछिल्लो समय भइरहेको सामाजिक र आर्थिक आयामको रूपान्तरणको प्रभावले विवाहित दम्पतीको सम्बन्धमा असर गरिरहेको जानकारहरू बताउँछन्।
व्यस्त जीवनशैली, परिवारलाई दिइने समय भन्दा बाहिरी कामको तनाव आदि कारणले हाम्रो दैनिक जीवन व्यस्त हुँदा पारिवारिक संरचना भने भत्किँदै गएका कयौं उदाहरण छन् । अपवादमा अरु कारण पनि हुन सक्छन् तथापि श्रीमान/श्रीमतीबीच विश्वास, सद्भाव, समर्पणले मात्र दाम्पत्य जीवन सफल हुने कुरालाई कसैले नकार्न सक्दैन ।
आजीवनसँगै जीउने कसम खाएका धेरै युवा जोडीमा पछिल्ला दिनहरु बीचमै टुट्ने र तोडिने भइरहेका छन् । थाहै नपाइ एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ । धेरै घरहरुमा पारिवारिक बेमेलको अवस्था छ । जसका कारण दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त ? यसबारे यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाली समाजको दाम्पत्य जीवन स्त्री मैत्री अझै हुन सकेको छैन । कतिपय दम्पत्ती बिच आर्थिक कारणबाट पनि खट्पट हुन्छ भने कतिपय पुरुषभित्रको पुरातन र हैकमवादी साेचका कारण पतिले पत्निमाथी निर्मम उत्पिडन पनि भइरहेका हुन्छन् । नेपाली समाजमा खस ब्राह्मणहरूको दाँजोमा जनजाती समुदायको दाम्पत्य जिवन भने केही मज्बुत पनि देखिन्छ ।
भनिन्छ, दाम्पत्य जीवनमा माया प्रेम पहिलो शर्त हो । बिना मायाप्रेमको दाम्पत्य न त टिकाउ हुन्छ न त कर्तव्य । र त्यो चाँडै भत्कन सक्छ । संसारभरका मानिसहरूको जन्म र विकास यसरी नै भएको हो ।
दम्पतीबीचको दरारको अर्को महत्वपूर्ण पाटो हो यौन । धेरैजसो दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । दम्पतीबीच सुताईको पोजिसनलगायत घुर्ने आदी बानीका कारण पनि सम्बन्ध चिसिदैँ गएका कुरा सुन्न पाइन थालेको छ । साथै अझ फिका यौन–जीवनले त झन् दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ ।
यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो । जसले पारिवारिक सम्बन्ध कसिलाे बनाउन सहयाेग गर्छ ।
यौनप्रतिको विश्वास नै दाम्पत्य जीवन सुखमय र प्रगाढ बनाउने पहिलो कडी हो । एकअर्काबीच अविश्वासको खाडल तव सुरु हुन्छ जतिबेला दम्पतिबीच यौनप्रति शंका उपशंका उत्पन्न हुन्छ ।
पतिपत्नीले एक–अर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दाम्पत्य जीवन सुखमय बनाउन एक–अर्काप्रति सम्मान गर्नुपर्छ ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच