अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

Read Time = 1 min

काबुल । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले पाँच हजार कम्पनीहरू सञ्चालन गरिरहेको बताउनुभएको छ ।

स्थानीय टेलिभिजन च्यानल टोलो न्यूजले उल्लेख गरे अनुसार मन्त्रीले भन्नुभएको छ, ‘हाम्रोतर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन ।

महिलाद्वारा सञ्चालित पाँच हजार आधिकारिक कम्पनी छन् ।’ तालिवानी सरकार महिला अधिकारविरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?