एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघबीच सम्झौता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं. १३ जितगढीमा रहेको एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघ नेपालका बिच ईसिएचएस कार्यक्रम संचालनमा सम्झौंता भएको छ ।

हस्पिटलका अध्यक्ष प्रकाश राना र महासंघका सहअध्यक्ष क्याप्टेन किशन बहादुर थापाका बिचमा आईतबार ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भारतीय सेनाबाट अवकास प्राप्त गरेका भूपु सैनिक र उनिहरुको आश्रीत परिवारलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित हस्पिटल र महासंघका बिचमा सम्झौंता गरिएको सहअध्यक्ष थापाले जानकारी दिनुभयो ।

भूपु सैनिक र परिवारले घाईते वा बिरामी भए उपचार गराउनको लागि एडमण्ड सीटी हस्पिटल आएमा विशेष छुट प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । सम्झौंता अनुसार ओपिडी टिकटमा ५० , बेड चार्जमा २० ,सम्पूर्ण परिक्षणमा २० र अपरेशन चार्जमा १० देखि २० प्रतिशतसम्म भूपु सैनिक र आश्रीत परिवारले छुट प्राप्त गर्नेछन ।

यस्तै बृद्ध, अपाङ्ग सदस्यहरुलाई विशेष छुट सुविधा प्राप्त गर्ने सम्झौंता पत्रमा उल्लेख गरिएको छ । सम्झौंताको अवधि २ वर्ष रहेको र ईसिएचएस कार्ड मार्फत सेवा प्रदान गरिने जनाईएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको उपस्थितीमा आईतबार हस्पिटलमा एक कार्यक्रमको आयोजना गरी सम्झांता गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले संसदबाट स्वास्थ्य ऐन पास भईसकेको बताउँदै दशै अघि नै नियमावली बनेर कार्यान्वयनमा आएपछि हस्पिटलहरुको नविकरण सुरु गरिने बताउनुभयो ।

निजी स्वास्थ्य संस्थाहरु स्तरिय र मापदण्ड पालना गरे नगरेको अनुगमन गर्नको लागि मन्त्रालयबाट बिज्ञ टिम खटाईने खनालले जानकारी दिनुभयो ।

एडमण्ड सीटी हस्पिटलका अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बुटव वडा नं. १३ का वडाध्यक्ष नारायण पुन , संयुक्त भूतपुर्व सैनिक एंव प्रहरी कल्याणकारी महासंघ नेपालका केन्द्रीय महासचिब सुवेदार कुल बहादुर केसी , पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का , बुटवल उपमहानगरपालिकाका पुर्व उपमेयर बिमलराज शाक्य , लुम्बिनी प्रदेश जोनल मेम्बर सुवेदार मेजर पुरन शाही , प्राईभेट हस्पिटल एशोसियसनका अध्यक्ष रामप्रसाद खरेल , भूपू परिवकाका महिला प्रतिनिधि दीपा थापा, सैनामैना नगर अध्यक्ष मोतिप्रसाद राना , जितगढी टोल विकास संस्थाका अध्यक्ष मोहन गौडेल , ईसिएचस बुटवलका पोलिक्निक इन्चार्ज डा. दिपेश शर्मा , अस्पतालका मेसु प्रोफेसर डाक्टर प्रकृत राज कंडेल लगायतले बोलेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?