काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एकरएक गोल गरे ।
खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियो । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएको थियो ।
खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएकी थिइन् । रोमाञ्चक बनेको खेलमा प्रितीले खेलको अतिरिक्त समयमा सुन्दर गोल गर्दै नेपाललाई २-१ जित दिलाइन् ।
नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रितीले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयो ।
अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच