काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८१ साल वैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्नेलगायत निर्णय पनि गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य-सचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य-सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य-सचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपक सिंह, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव विष्णु भट्टराई, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति थियो ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले ७ सय ५३ स्थानीय तहमध्ये अधिकांशमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको र केहीमा हुने क्रममा रहेको जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच