लिटमसको हेलोजिनमुक्त इलेक्ट्रिक केबुल्स

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लिटमस केबुल्सले नेपालमै पहिलोपटक हेलोजिनमुक्त पर्यावरणमैत्री तार (इकोवायर-जेडएच) ल्याएको छ । कम्पनीका अनुसार नेपालमा पहिलोपटक उत्पादित इकोवायर-जेएच आगो प्रतिरोधी, खिया नलाग्ने र पर्यावरणमैत्री शूून्य हेलोजिन भएको तार हो ।

अत्याधुनिक जर्मन प्रविधिद्वारा निर्मित इकोवायर-जेडएच तारले आगलागी हुँदा न्यूनतम धुवाँ उत्पादन गर्ने भएकाले जनस्वास्थ्यमा असर नगर्ने कम्पनीका उपाध्यक्ष सरोज मिश्रले बताउनुभएको छ ।

शुक्रबार एक कार्यक्रमबीच उत्पादक कम्पनी–लिटमस केबुल्सले इकोवायर-जेडएच सार्वजनिक गर्दै पर्यावरणमैत्री इको वायर बिक्री सुरु गरेको हो । इको वायर-जेडएच ग्राहकको माग र सुरक्षालाई आत्मसात गर्दै उत्पादन सुरु गरिएको लिटमस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताउनुभएको छ । सन् २०१४ देखि रमेश कर्पअन्तर्गतको कम्पनीका रूपमा तार तथा केवलको उत्पादन गर्दै आइरहेको लिटमसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तरप्रति समर्पणसाथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य लिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?