नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुग्ध विकास संस्थान(डिडिसी) र निजी डेरी जिम्मेवार हुँदा किसानको माग पूरा हुने बताउनुभएको छ । अर्थमन्त्री महतलाई भेटेर बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध किसानका समस्या समाधानको व्यवस्था मिलाइदिन माग गर्दै ज्ञानपपत्र बुझाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका संस्थानलाई ऋण दिएर दुग्ध किसानको भुक्तानीका लागि तत्काल प्रक्रिया अघि बढाइने बताउनुभयो । सरकार दुग्ध किसानका मागमा गम्भीर रहेको भन्दै उहाँले निजी डेरीका खरिदकर्ताबाट समेत बजारीकरण र भुक्तानीको वातावरण तयार गर्न सरकार लागिपरेको अर्थमन्त्रीले दाबी गर्नुभयो । डिडिसीलाई किस्ताबन्दी रूपमा अर्थ मन्त्रालयबाट रकम निकासा गरिने उहाँको भनाइ थियो । अर्थमन्त्री महतले भन्नुभयो, ‘अर्थ मन्त्रालयमार्फत् दुग्ध विकास संस्थानलाई पहिलो किस्तामार्फत् भुक्तानी गर्ने तयारी छ ।’
निजी डेरीहरूले पनि रकम भुक्तानी नगरेको भन्दै उहाँले निजी डेरीले पनि आफ्नो दायित्व छिटो पूरा गरी किसानको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । बर्दघाट नगरप्रमुख श्रेष्ठले दूधमा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान दिए पनि सबै दूध नगरमै खपत हुने अवस्था नहुँदा पटक-पटक प्रदेश र संघमा समस्या समाधानका लागि पहल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरले किसानलाई राहत र सहयोग गर्ने उद्देश्यले घाँसको बिउ वितरण, सिँचाइ, घाँसखेती र दूधमा समेत अनुदान दिएका छौँ । तर, अहिले किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा निकै चिन्तित बनाएको छ । हामी दुग्ध किसानको समस्यामा गम्भीर छौँ, प्रदेशलाई पनि पत्राचार गरेका छौँ, अर्थमन्त्रीलाई भेटेरै दुग्ध किसानका समस्या समाधानका लागि पहल गरेका छौँ ।’
पछिल्लो समय दूधको बजारीकरण र नियमित भुक्तानीमा समस्या देखिएपछि किसान आन्दोलित भएका छन् । केही दिनअघि बर्दघाटका किसानले सडकमै दूध पोखेर विरोध जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच