काठमाडौं । स्मृति ग्रन्थ ‘सम्झनामा राधेश्याम’ र काव्यकृति ‘हलेसी’ लोकार्पण गरिएको छ । नेपाल सरकारका पूर्वसचिव राधेश्याम भट्टराईको स्मृतिमा प्रकाशित ‘सम्झनामा राधेश्याम’ र काव्यकृति ‘हलेसी’ काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कविहरू तुलसी दिवस र डा.विमल कोइरालाले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
कवि दिवसले राधेश्याम भट्टराईको चर्चा गर्दै मान्छे पदबाट पूर्व हुनसक्ने तर सिर्जनशील व्यक्ति पूर्वनभएर अर्पूव भई बाँचिरहने बताउनुभयो । यस्तै, पूर्वमुख्यसचिव तथा कवि डा.विमल कोइरालाले राधेश्याम भट्टराई र आफू सँगसँगै जसो सचिव भएको समय सन्दर्भ स्मरण गर्नुभयो ।
कार्यक्रममा स्वर्गीय भट्टराईका दुवै कृतिमाथि साहित्यकार प्रा.बद्रीविशाल भट्टराईले समीक्षा गर्नुभएको थियो । उहाँले हलेसी त्रिभाषामा प्रकाशित भएकाले यसको अलगै महत्व रहेको चर्चा गर्नुभयो । झ्याउरे लयमा तयार उक्त कृतिले हलेसीको महिमा उँचो बनाएको जिकिर गर्नुभयो । यस्तै स्मृतिमा राधेश्यामले उहाँको बहुआयामिक पक्ष उजागर गरेको भन्दै प्रशंसा गर्नुभयो ।
प्राडा केदार न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा पूर्वसचिव गोपी मैनाली, लव गाउँले, प्रहृलाद पोखरेल, प्रा.डा. केदार न्यौपाने, डा.बद्री विशाल भट्टराई, शरदकुमार भट्टराई, शिवकुमार भट्टराई, शिक्षा भट्टराई, स्मारिका भट्टराई, मनिष भट्टराईलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच