✍️ निरञ्जन मैनाली
विभिन्न सञ्चारमाध्यममा ‘भोकले रूखका पात चाट्छन् विद्यार्थी’ भन्ने शीर्षक समाचार पढ्दा मलाई भावुक बनयो । हाम्रो देशमा विसं २००७ सालदेखि आजसम्म सर्वहारावर्गको मुक्तिका लागि विभिन्न किसिमको आन्दोलन भएको सर्वविदिँतैछ । तर, व्यवस्था परिवर्तन भए पनि गरिबहरूको अवस्था ज्युका त्यूँ रहनु आफैंमा दुर्भाग्यपूर्ण हो ।
हालै हेटौंडा उपमहानगर १९ को एक गाउँ लेखपानीमा रहेको सामुदायिक विद्यालयका विद्यार्थी भोकले छटपटाउँदै नजिकैको जंगलका रूखहमा चढेर पात चाटने गरेका छन् । सो पातमा गुलियो जस्तो स्वादिलो हुने भन्दै पात चाटने गर्दा विद्यार्थी रूखबाट लडेर घाइतेसम्म भएका छन् । सोही गाउँमा बस्ने तामाङ समुदायका अभिभावक बिहानको समयमा मेलापात गर्न जाने भएकाले विद्यार्थी भोकभोकै विद्यालय जान बाध्य हुनु गणतन्त्र व्यवस्थाकै उपज हो ।
सोही विद्यालयका पाँच कक्षाको अध्ययन पूरा गरेपछि अधिकांश बालबालिकाले १६ वर्षको उमेरमा भागेर विवाह गर्नु दुःखद् हो । यो व्यवस्था हासिल गर्न हजारौं गरिब वर्ग शहीद भएका छन् । नेताहरूलाई आलिसान महलमा बस्न र विलासिता जीवन बिताउन उनीहरू शहीद भएका हुन् त ? यो देशमा भ्रष्टाचार, मूमाफिया, विचौलिया, कालोबजारी र खुशीया कर्मचारी तन्त्रबाट मुक्त हुँदैन तबसम्म देशको अवस्था अझ झन्झन् जर्जर हुने देखिन्छ । यस्तो अवस्था रहेसम्म गरिबका बालबालिका भोक भोकै विद्यालय जाने नियती भोगिरहनुपर्ने देखिन्छ । सरकारले यसतर्फ ध्यान पुर्याउँदै यसलाई न्यूनीकरण गर्न पहल गर्नुका सार्थ सीपमूलक तालिम, शिक्षा, रोजगारी र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ । यसो भएका मात्र बालबालिका शिक्षा आर्जनबाट वञ्चित हुने थिएनन कि सरकार !
बारा, कोल्हवी, हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच