भोजपुर । नेपाली सेनाको सक्रियतामा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ३ दिल्पामा रहेको अन्नपूर्ण बागधन रणदीपा माध्यामिक विद्यालयमा पाँच कोठे शौचालय भवन निर्माण भएको छ ।
भोजपुर सदरमुकाममा रहेको नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गणले शीर्घ प्रवाह आयोजना मार्फत करिव १० लाखको लागतमा विद्यालयमा शौचालय भवन निर्माण गरेको हो ।
शौचालय भवनको नेपाली सेनाको पूर्वी पृतना सैनिक मुख्यालय इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी) ले उदघाटन गर्नु भएसँगै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविकुमार राई र सहायक प्रधानाध्यापक रणबिर साहलाई हस्तान्तरण गरिएको छ । शौचालय भवन नेपाली सेनाले आइतवार औपचारिक कार्यक्रमसहित हस्तान्तरण गरेको हो । महिलाका लागि ३ कोठा र पुरुष २ कोठा गरी नौ लाख ९७ हजार पाँच सय ८६ रुपैयाँ बरावरको लागतमा पाँच कोठाको शौचालय भवनको निर्माण कार्य भएको गणका गणपति प्रमुख सेनानी फणिन्द्र थापाले बताउनुभयो ।
सेनाले गत मंसिर १० गतेबाट शौचालय भवनको निर्माण कार्य सुरु गरेको थियो । बिद्यालयमा अध्ययरत बिद्यार्थीका साथै शिक्षक शिक्षिकाहरुका लागि शौचालय निर्माण गरिएको गणपति थापाले बताउनुभयो ।
नेपाली सेनाको सहयोगले विद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई सेवा मिलेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि कुमार राईले बताउनुभयो । सोक्रममा विद्यालयमा अध्ययरत पाँच कक्षासम्मका विद्यार्थीहरुलाई सेनाको तर्फबाट पृतनापति उपरथी तामाङले शैक्षिक र खेलकुदका सामाग्रीहरु बितरण गर्नु भएको थियो । विद्यालयका तर्फबाट सहयोगको लागि सेनालाई कदरपत्र समेत प्रदान गरिएको थियो । बिद्यालयमा हाल करिव अढाई सय बिद्यार्थी अध्ययरत रहेका छन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच