काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४-२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन ।
आर्मीको जितमा सीतामाया बल र सीमा खड्काले समान २-२ गोल गर्नुभयो । सीताले ३८औँ र ५८औँ तथा खड्काले ४२औँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो । एकेडेमीका लागि मधु राईले ४८औँ र ४९औँ मिनेटमा गोल गर्नुभयो । उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता एकेडेमीले एक लाख रुपैयाँ पुरस्कार पायो ।
फाइनल खेलमा आर्मीकी सीतामाया बल ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । सीताले पाँच हजार रुपैयाँ पुरस्कार पाउनुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती तामाङले पाउनुभयो । गोलरक्षकमा आर्मीकी कुश्मा राना मगर तथा डिफेन्समा आयोजककी सपना सिंह उत्कृष्ट चुनिनुभयो । लुम्बिनी प्रदेशकी अनन्य वर्णवाल उदयीमान खेलाडी ठहरिनुभयो । उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरियो ।
आर्मीकी सीतामाया बल, आयोजकककी मधु राई र सुदूरपश्चिम प्रदेशकी बुलबुलकुमारी संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बन्नुभयो । प्रतियोगिताभर उहाँहरूले समान ८-८ गोल गर्नुभयो ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५-० गोलले हराएको थियो । तेस्रो भएको सुदूरपश्चिमले ५० हजार रुपैयाँ पुरस्कार पायो ।
विजेतााई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । फागुन १४ गतेदेखि सुरु प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी आठ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच