विराटनगर । विद्युत् महसुल वृद्धिको चर्चाप्रति निजीले चिन्ता प्रकट गरेको छ । विद्युत् नियमन आयोगले विद्युत् महसुल वृद्धि गर्ने तयारी गरिरहेको विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति उद्योग संगठन मोरङको ध्यानाकर्षण भएको भन्दै महसुलमा कुनै प्रकारको वृद्धि नगर्न माग गरेको छ ।
संगठनले उद्योग व्यवसाय क्षेत्रले दैनिक १० घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या भोग्दै आएको अवस्थामा निरन्तर विद्युत् उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न ध्यानाकर्षण गराएको छ ।
उद्योग व्यवसाय क्षेत्रले दैनिक १० घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या भोग्दै आएको अवस्थामा निरन्तर विद्युत् उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न संगठनले ध्यानाकर्षण गराएको छ । विभिन्न कठिनाइबीच हाल सञ्चालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले हाल उपभोग गर्दै आएको प्रतियुनिट विद्युत् तुलनात्मकरूपमा अन्य मुलुकभन्दा बढी रहेको भन्दै फेरि पनि महसुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष प्रभाव वस्तुको उत्पादन मूल्यमा पर्न गई आमउपभोक्ता थप मारमा पर्र्ने संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभएको छ ।
पूर्व सूचनाबिना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाइ भएको, विद्युत्को पुरानो संरचनाका कारण सानो झरी, वर्षा, हावामा समेत अत्यधिक पावर कट भई उत्पादन प्रक्रिया रोकिनाले जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्नुपर्दा लागत बढ्नुका साथै वस्तुको गुणस्तरमा ह्रास आई स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता घटेको पनि उहाँले बताउनुभयो । महसुल भुक्तानीमा बिलम्ब हँुदा उपभोक्तासँग जरिवाना लिने तर विद्युत्को गुणस्तरका कारण उद्योगको मिल मेसिनरीमा आउने खराबीको जिम्मेवारी कसले लिने भन्दै अध्यक्ष सुरानाले सरकारलाई प्रश्न गर्नुभएको छ । संगठनले हाललाई उद्योगले भोग्दै आएको लोडसेडिङ समस्या, उपलब्ध विद्युत्को गुणस्तर, बारम्बार भइरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युत् उपलब्ध गराउन पनि प्राधिकरणसँग माग गरेको छ ।
अन्य सार्क मुलुकहरूले निर्धारण गरेको विद्युत् महसुलसमेत मध्यनजर गर्दै सर्वसाधारणको दैनिकीसँग सम्बन्ध राख्ने विद्युत् महसुल यथावत् राख्न संगठनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच