काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ ।
नयाँ बनेको सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाडफाँडमा कुरा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाएको छ । माओवादीले ५ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा, जनता समाजवादी पार्टीले २ वटा र अन्य साना दलहरुलाई ४ वटा मन्त्रालय छुट्याइएको छ ।
नयाँ सत्तागठबन्धनमा सहभागी दलहरू मन्त्रिपरिषदमा पठाइने मन्त्रीहरूको नाम लगभग टुंग्याएका छन् ।
यसैबीच आजै साँझ ५ बजे मन्त्रालयगत जिम्मेवारीसहित मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासले प्रधानमन्त्री कार्यालयबाट ५ बजेका लागि शपथको तयारी गर्न जानकारी आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच