गायनमा शशिकला

Read Time = 2 mins

काठमाडौं । कुनै समय निक्कै चर्चामा रहन सफल गीत ‘नाचु नाचु लाग्यो मलाई झ्याउरेको तालैमा’को गायिका हुनुहुन्छ शशिकला मोक्तान । पछिल्लो समयमा निकै दर्शक तथा श्रोताले रुचाएको गायिकाको रूपमा चिनिँदै आउनुभएकी उहाँ सानै उमेरदेखि गीत गुनगुनाउँदै आएको बताउनुहुन्छ ।

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत यात्रा गर्दै आउनुभएकी उहाँले नेपाली लोक, आधुनिक र तामाङ सेलोगरी पाँच सयभन्दा बढी गीत गाउनुभएको छ । २०५९ सालमा तामाङ भाषाको गीत गाएर गायन क्षेत्रमा प्रवेश गर्नुभएकी उहाँले मीठो स्वरकी गायिका मोक्तानले इमेज अवार्ड-२००९, हिट्स अवार्ड-२०१०, क्यापिटल अवार्ड-२०१६, क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड-२०२२ बाट सम्मानित भइसक्नुभएको छ ।

देशमा मात्र होइन विदेशमा हुने सांगीतिक कार्यक्रममा समेत रुचाइने गायिका मोक्तानले अष्ट्रेलिया, कोरिया, युरोप, युएसएलगायत स्थानमा गएर सांगीतिक प्रस्तुति दिनुभएको छ ।

आफ्नो रुचिनुसार जसले जस्तोसुकै गीतहरू गाए तापनि आफ्नो संस्कृतिलाई चाहिँ भुल्न नहुने उहाँको सुझाव छ । त्यसैले आफ्नो भाषाको गीतलाई महत्व दिएर गाउने गरेको उहाँको भनाइ छ । रामेछाप, दोरम्बाकी स्थानीय बासिन्दा गायिका मोक्तानको ‘आकाशै राम्रो जुनले’, ‘ए हाई साईली’, ‘कहाँ प¥यो घर’, ‘ठूलो जात होइन’, ‘चनखु गाउँको झिल्के म’, ‘नाचु नाचु’लगायत गीत निकै चर्चामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?