
काठमाडौं । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने शपथ ग्रहण लगत्तै गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार राति उहाँले गृह मन्त्रलायमा पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई कर्मचारीका साथसाथै शुभेच्छुकहरुले स्वागत गरेका छन् ।
गृह मन्त्रालय परिसरमा ठूलो संख्यामा समर्थकहरुको भीड देखिएको छ । यस अघि उहाँलाई मन्त्रालयका सचिव भट्टराईसहितका उच्च अधिकारीहरुले मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।
उहाँले शुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पार्नुभएको हो । उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताउनु भयो ।
उहाँले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानूनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने शिलशिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । उहाँले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गर्नुभयो ।
एक वर्ष अघिमात्र राजनीतिमा होमिनु भएको उहाँले योसहित दोश्रो पटक गृहमन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । सञ्चारकर्म छोडेर उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गर्नुभएको थियो । पार्टी गठनको केही महिना भित्रै संसदीय चुनावमा होमिएको उहाँको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी २० सीट जितेको थियो । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रवि लामिछाने चितवन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । चुनावपछि बनेको एमालेसहितको प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको थियो । तर, उहाँनागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसद हैसियत नरहने फैसला गरेपछि रवि गृहमन्त्रीबाट हट्नु भएको थियो । त्यसपछि उहाँको पार्टी पनि सरकारबाट बाहिरिएको थियो ।
प्रक्रिया पुरा गरेर उहाँले तत्कालै नेपाली नागरिकता पुनः प्राप्त गर्नुभएको थियो। नेपाली नागरिकता पुनः प्राप्त गरेपछि उहाँ उपचुनाव लड्नु भयो । उपनिर्वाचनमा उहाँले अघिल्लो निर्वाचनको भन्दा बढी मत ल्याएर विजयी बन्नुभयो ।
अहिले सत्ता समीकरणमा आएको फेरबदलमा फेरि उहाँको दल सरकारमा सहभागी भएको हो । उहाँको दलले उहाँ सहित चार मन्त्रालय पाएको छ । गृहमा भने रवि दोहोरिँदा डोलप्रसाद अर्याल पनि श्रम तथा रोजगार मन्त्रालयमा दोहोरिनुभएको छ । अर्का नेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच