काठमाडौंं । सत्ता परिवर्तनसँगै सेयर बजार अस्थिर देखिएको छ । सत्ता गठबन्धन परिवर्तन भएको दिन उच्च अंकले बढेको सेयर बजारमा दोस्रो दिन उच्च अंकले घटेको थियो । तर, बुधबार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनः अर्थमन्त्री बन्ने निश्चित भएसँगै सेयर बजार फेरि बढेको हो । अघिल्लो दिन मंगलबार ७० अंकभन्दा बढीले घटेको बजार बुधबार ९.३३ अंक बढेर २०१७.०३ अंकमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.०६, फ्लोट इण्डेक्स ०.५५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले बढेका छन् ।
अघिल्लो दिन मंगलबार ७० अंकभन्दा बढीले घटेको बजार बुधबार ९.३३ अंक बढेर २०१७.०३ अंकमा पुगेको छ ।
कारोबारमा आएका १३ मध्ये १० वटा समूहगत परिसूचक बढेका छन् भने तीनवटा घटेका छन् । फाइनान्स सर्वाधिक १.६८ प्रतिशतले बढेको बजारमा व्यापार १.३० र अन्य १.१७ प्रतिशतले बढेको छ । बैंकिङ, जीवन बिमा र म्युचुअल फण्ड घटेको छ । बुधबार तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ रुपैयाँ बराबरका एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
कारोबार रकमका आधारमा बुधबार पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्षस्थानमा रहेको छ । उक्त कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात रुपैयाँ बराबरका छ लाख ५७ हजार सात सय ३९ कित्ता सेयर कारोबार भएका छन् । यसैगरी शिवम् सिमेन्ट २७ करोड ८४ लाख, हिमालयन रि इन्स्योरेन्स १३ करोड एक लाख, घोराही सिमेन्ट १२ करोड ९४ लाख र एनआरएन इन्फ्रास्टक्चरको सात करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोजगार लघुवित्त ८.७०, जोशी हाइड्रोपावर ८.६७, गोर्खाज फाइनान्स ८.०९, सिवाइसी लघुवित्तको ८.० प्रतिशतले बढेको छ । तर मोलुङ हाइड्रोपावरको सर्वाधिक ९.७१ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, ५.५४, गुराँस लघुवित्त ४.५२, बिपिडब्लु लघुवित्त ३.०४ र समता घरेलु लघुवित्तको सेयर मूल्य पनि २.८४ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच