सुन प्रकरणबारे न्यायिक छानबिन समिति बनाउन एमालेले माग गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको छ । एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमाले सांसद रघुजी पन्तले पटक पटक सुन आएको खवर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराईमा पुगेर छानबिन गर्न माग गरेको जानकारी दिनुभयो। भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउने काममा सघाउनेलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

पन्तका अनुसार सुन प्रकरणको लामो समय हुँदा पनि सरकारले कही काम नगर्न नसकेको बैठकको ठहर छ ।

यो प्रकरणको न्यायिक छानबिन समिति बनाउन पनि एमालेले माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?