बागलुङमा दलित महिला सदस्य निर्विरोध निर्वाचित

Read Time = 2 mins

डम्मर बुढा मगर/बागलुङ

बागलुङको निसीखोला गाउँपालिक-५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्याललले उहाँलाई निर्वाचित घोषणा गरिसकेको छ । प्रमाण निर्वाचित भएको प्रमाण पत्र मत गणनापछि मात्रै प्रदान गरिने गिरीले बताउनुभयो ।

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पाटी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच चुनाव हुने भएको छ ।

गाउँपालिका अध्यक्षका लागि एक स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, राप्रपाबाट कृष्णबहादुर मल्ल र स्वतन्त्रबाट अञ्चल शाहीले उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?