काठमाडौं उपत्यकामा वर्षा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आज काठमाडौं उपत्यकामा वर्षा भएको पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बादल निर्माण भइरहेकाले केही बेरमा वर्षा हुने महाशाखाको भनाइ छ ।

हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?