बुद्धसङ्ग जोडीएका स्थलको प्रवर्द्धन गर्ने सप्ताहव्यापी कार्यक्रम

हिमालय टाइम्स
Read Time = 4 mins

नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले बुद्धसंग जोडिएका स्थलहरुको पर्यटन प्रवर्द्धनका लागि बुद्ध जयन्तीको अवसर पारी सप्ताह ब्यापी कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका पर्यटन उद्योग तथा सहकारी मन्त्री खड्क बस्नेतले प्रदेश सरकारको औचित्य पुष्टि हुने गरि पर्यटन क्षेत्रमा काम गर्नु पर्नेमा आवश्यकता औल्याउँदै पर्यटन क्षेत्रको बिकासमा जोड दिन भयो । २५६८ औँ वुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले शुक्रवारदेखी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको हो ।

रामग्राम नगरपालिकामा अवस्थित वुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थल रामग्राम स्तुप र पण्डितपुरको प्रर्वद्धनमा टेवा पुर्‍याउने र स्थानियलाई अपनत्व महशुस गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेशको औचित्य पुष्टि हुने गरी वर्तमान प्रदेश सरकारले काम गर्ने बताउनु भएको छ । प्रदेश सरकार आगामी आर्थिक बर्षका लागि बजेट निर्माणको चरणमा रहेको जानकारी दिदै पुराना योजनालाई पुरा गरेर जनहितका योजना मार्फत् जनतामा प्रदेश प्रतिको विश्वास बढाउने योजनामा रहेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, 'लुम्बिनी संग जोडेर रामग्राम स्तुपसहितका वुद्धस्थललाई समेटेर वुद्धपरिपथको विकास गर्न नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिने छ । सुनवलको तरगौली ताल, रामग्राम, पण्डितपुर, सरावलको ककरपत्त नगर, बर्दघाटको वुद्धमंगल ताल, सुस्ताको अनोमाघाटलाई पाँच वर्ष भित्र पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न पन्चवर्षिय योजना लागु गर्ने बताउनुभयो । संघीय सरकार संग सहकार्य गरी दातृ निकायकोसमेत सहयोगमा महत्वपुर्ण पर्यटकिय तथा ऐतिहासिक स्थलको विकास गरिने बस्नेतले बताउनुभयो ।

यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ कलवारले पण्डितपुर वुद्धको मावली भएको दाबी गर्दे देवदह मावली हुनै नसक्ने उल्लेख गर्नुभयो । सरकारी निकायको वेवास्ताकै कारण रामग्राम पण्डितपुर जस्ता क्षेत्र ओझेलमा परेको कलवारको भनाई थियो । रामग्राम नगरपालिकाले वुद्ध जयन्तीको अवसरमा विभिन्न खेलकुद प्रतियोगितासहित जेठ १० गते वुद्ध जयन्तीको दिन रामग्राम स्तुपमा दिपप्रज्वलनसहित वुद्ध जयन्तीको समापन गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?