अल नासरको जितमा रोनाल्डोको दुई गोल

Read Time = 2 mins

साउदी । साउदी प्रिमियर लिगमा अल नासरले अल एडालाहमाथि पाँच-शून्यको जित हात पारेको छ । अल नासरको जितमा पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले समान दुई गोल गर्नुभयो भने एमन अहमेदले एक गोल थप्नुभयो ।

खेलको ४०औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै अल नासरलाई एक-शून्यको अग्रता दिलाउनुभएको थियो । ५५औँ मिनेटमा एन्डरसन टालिस्काले अल नासरको अग्रता दोब्बर पार्नुभयो । ६६औँ मिनेटमा रोनाल्डोले टालिस्काको पासमा तेस्रो गोल गर्नुभयो ।

७८औँ मिनेटमा टालिस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अल नासर चार-शून्यले अघि बढ्यो । त्यसपछि इन्जुरी समयमा एमन अहमेदले गोल गर्दै अल नासरलाई जित दिलाउनुभयो ।

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल इतिहाद ५३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित अल एडालाह १७ अंक जोडेर १४औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?