काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको छ । बिहीबार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको हो । विज्ञापन गरेको पैसा नेपाल राष्ट्र बैंकले पठाउने अवस्था नदेखिएको हुमागाईंको भनाइ थियो ।
उहाँले विधि, विधान नबनुन्जेल विज्ञापन बोर्डले पनि सिफारिस गर्न नसक्ने भन्दै विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीका लागि भनेर आएका निवेदन रोकेर राखिएको बताउनुभयो । अध्यक्ष हुमागाईंका अनुसार सरकारलाई २८ प्रतिशत कर तिरेर बसेकालाई पनि बोर्डले सिफारिस गरेको छैन ।
उहाँले भन्नुभयो, ‘विज्ञापन बजारमा जुन खालको अलमल छ, जसका कारण विज्ञापन बजार घटिरहेको छ । टिआरपी नपाउने र टिआरपी प्राप्त नहुँदाखेरी सामाजिक सञ्जालतर्फ आकर्षित हुने एउटा ठूलो समस्याका रूपमा हामीले पाएका छौँ । जस्तोः विज्ञापनदाताले मेरो भिजिबिलिटी कति भयो त्यसैलाई हेर्ने हो, त्यसकै आधारमा मप्रतिको रेस्पोन्स कस्तो आयो भनेर हेर्ने हो । जुन कुरा आजसम्म पनि नेपालमा हामीले दिन सकेका छैनौँ । विज्ञापन बोर्ड गठन भएको तीन वर्षमात्रै भएको छ । नयाँ नियमावलीले त्योसम्मको इन्भिजन गरिसकेको छ । नियमावलीबारेमा एकखालको कन्फ्युजन अथवा असहमति, विमति हुनु अस्वाभाविक होइन । एउटा पक्षको असहमति होला । एउटा पक्षको सहमति होला । सबैलाई रिझाएर जान त सकिँदैन तर एउटै कुरा हामी के कुरामा निश्चित छौँ भने आ-आफ्नो स्थानमा बसेर फेयर प्लेको वातावरण हुन दिनुपर्छ । त्यसमा कसैले अवरोध गर्यो भने त्यो अवरोध पन्छाउने र त्यसलाई ठेगानमा ल्याउने काम नियामक निकाय हो, गर्नुपर्छ, गर्छौँ ।’
अध्यक्ष हुमागाईंले विज्ञापन बजारमा आएको अलमलका कारण विज्ञापन बजार घटिरहेको बताउनुभयो । विज्ञापनले टिआरपी नपाउँदा सामाजिक सञ्जालतर्फ आकर्षित भइरहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच