काठमाडौं । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन् स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, हृयुमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीतसंगीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन् स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन् स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाउनुभएको थियो । उहाँले अतिथिहरूबाट थिम लिएर दुईवटा चित्र बनाउनुभएको थियो । उहाँको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।
विपद् र प्रजनन् स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरूले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरूले विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरेका थिए । कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी वास्तविकता पीडा अभिव्यक्त गर्नुभएको थियो । कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसँगै आनन्द लिएका थिए । उहाँको ¥याप गीतमा महिलालाई सचेत गराइएको थियो ।
उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गर्नुभएको थियो । यसैगरी राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद्मा प्रजनन् स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताउनुभयो । एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच