काठमाडौं । टीकामाया गुरुङले प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ । टीकामायाले ५७ केजीमुनि तौल समूहमा स्वर्ण जित्नुभएको छ । तारा खैजूले रजत तथा कृष्णकला विष्टले कांस्य जित्नुभयो ।
काठमाडौं व्यायाम व्यवसायी संघद्वारा आयोजित प्रतियोगिताको ५७.१ देखि ६५ केजीसम्म माया मगर पहिलो, डिकी वाक्मो गुरुङ दोस्रो तथा समी राजवाहक तेस्रो हुनुभयो । कमलपोखरीस्थित सिटी सेन्टरमा भएको प्रतियोगिताको ६५ केजीमाथि मनुकला राईले स्वर्ण, लुइसा भण्डारीले रजत र पूजा प्रधानले कांस्य जित्नुभयो ।
प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार एक सय, १० हजार एक सय र पाँच हजार एक सय नगद पुरस्कारसहित गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो ।
विजेतालाई नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघकी अध्यक्ष शोभा गुरुङ, सचिव विजयतमरत्न बज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगितामा ६० खेलाडी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच