भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ७ कोदारमा रहेको रंगशालामा संचालन भएको भोजपुर मेयरकप महिला फुटबल खेलको उपाधि सप्तरीको पोल्टामा गएको छ ।
सोमवार भएको फाइनल खेलमा इलामलाई शुन्यका बिरुद्ध दुई गोल गर्दै सप्तरीले उपाधि हात पारेको हो ।
ओएसिस क्लव इलामलाई हराउँदै नमो बुद्ध युथ क्लव सप्तरीको टिम बिजेता बनेको छ । खेलको निर्धारित समयमा इलामले कुनै पनि गोल गर्न सकेन ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा फागुन २५ गते देखि २८ गतेसम्म छैटौं संस्करण अन्तर्गत महिला मेयर कप प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखा, सुम्निमा बहुप्राबिधिक बिद्यालय भोजपुर, ओ.ए.सिस. क्लव, धनकुटा नगरपालिका, रिमाचुङ स्पोर्टस एण्ड एजुकेशन र नमो बुद्ध युथ क्लव सप्तरी गरी छ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपबिजेता टिमले नगद ५१ हजार पाँच सय ५५ का साथै ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन । बिजेता र उपबिजेता बनेको टिमलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आले लगायतले पुस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
महिला कप फुटवल सकिएसगै आगामी चैत्र १८ गतेबाट २४ गतेसम्म सातौ आमन्त्रित अन्तराष्ट्रिय पुरुष फुटवल प्रतियोगिताको समेत आयोजना गरिएको आयोजक भोजपुर जिल्ला फुटवल संघले जनाएको छ । प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले ३० लाख बजेट बिनियोजन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच