काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ । ढकालले बुधबार युएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपाल र भारतका लागि मंगोेलियाका राजदूत गानबोल्ड डम्बाजाभसँगको भेट यस्तो आग्रह गर्नुभएको छ ।
सो अवसरमा नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन पनि सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ ।
युएईका राजदूतसँगको भेटमा उहाँले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताका लागि धन्यवाद दिनुका साथै नेपालमा लगानीको प्रचुर सम्भावना रहेको जानकारी गराउनुभयो । अब्दुल्ला अल शम्सीले दुई देशबीच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाबारेमा पनि कुरा राख्नुभएको थियो ।
त्यस्तै, मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाबारेमा जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच