काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाई, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब-इन्जिनियर हर्कधन बुढाले गैरकानूनी लाभ र सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले वास्तविक रूपमा काम भएको भन्दा पाँच लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्ट्राचार गरेको पुष्टि भएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरूले ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच