![चेरी फूलले ढकमक्क बन्यो काठमाडौं [फोटोफिचर]](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/cheri-phol-1.jpg)
काठमाडौं । आजको समय सम्म आइपुग्दा मोबाइल अति आवश्यक उपकरण भइ सकेको छ । २१ औं शताब्दीमा विज्ञानले हामिलाइ नँया नँया उपकरण दिइरहेको नै छ । यसैमा मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार हो । समयको परिवर्तन सँगै प्रबिधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । समय सङ्गै अहिले टाढा टाढाका आफन्त हरु सङ्ग बोल्न तेति कष्ट गर्नु पर्दैन ।
नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरि हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ तर आज भन्दा एक दशक भन्दा अघि सायदै यसरि जो कोहि सँग मोबाइल हुन्थ्यो । टेलिफोन सम्पर्कका लागि शहरमा बिभिन्न स्थानहरुमा टेलिफोन बुथहरु हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे । गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौ लगाएर बस्नु पथ्र्यो । आज हामी मोबाइल प्रयोगको क्रान्ती को बिषयमा चर्चा गर्ने छौ ।
विश्व इतिहासमा सन १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा लेरायो , जसको मुल्य थियो, दुई लाख रुपैया । मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटीचार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो ।
यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो । सन १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ । यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्यो । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लाग्यो । फ्रांसीसी व्यवसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइलको सुरुवात भयो ।
यसको सुरुवातीका दिनमा टचस्क्रीन थियो । जस मार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो । यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे । सन १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई बी एम नामको पहिलो स्मार्टफोन बजारमा आयो । सन २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन ।
नेपालमा मोबाइल जीएसएम शुरुवात २२ वर्ष अगाडि भएको इतिहास छ । जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते शुरु भएको थियो भने औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो । पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात १ जी थिए जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो किन भने यो निकै महंगो थियो जुन मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो ।
२०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान हाल को नेपाल टेलिकमले प्रिपेड मोबाइलको शुरुवात गरेको थियो । यस अघि पोस्टपेड मात्र प्रयोगमा थियो । सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरे पछि भने नेपालमा मोबाइल सेवा द्रुुत गतिमा अघि बढ्यो । नेपाल टेलिकमले सीडीएमए सेवाको शुरुवात पनि सोही साल शुरु गर्यो जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो ।
तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच