नवलपरासी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्थानीय उत्पादन ब्राण्डिङ गरी अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको बताउनुभएको छ । स्थानीय उत्पादन ब्राण्डिङ गर्ने कानुनी जटिलता रहेको भन्दैै उहाँले नेपाली भूमिमा उत्पादित गाँजा, रक्सीजन्य पदार्र्थ ब्राण्डिङ गरी निर्यात गर्न सकेमा मुलुक आर्थिकरूपमा पनि समृद्ध हुने बताउनुभयो ।
प्राकृतिकरूपमा सम्पन्न मुलुक नेपालका धेरै जडीबुटी सस्तो दररेटमा विदेश जाने र प्रशोधन भएर महँगो मूल्यमा नेपालमै आउने गरेको भन्दै शेरचनले केराको पकेट क्षेत्र रहेको प्रतापपुर गाउँपालिकामा केराकै थामबाट रेशा निकालिएकाले कच्चा पदार्थ अभाव नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केरा खाने र थाम फाल्ने भइरहेको छ । खेर गइरहेको केराको थामको प्रयोगले प्रतापपुर र सुस्ता क्षेत्रको आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने मैले महसुस गरेको छु ।’ स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले नै प्राथमिकता दिई उद्यमशीलता विकास गर्नुपर्ने उहाँको भनाइ थियो । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले प्रतापपुर र सुस्ता गाउँपालिकाका चार ठाउँबाट २०-२० जना गरी ८० जना स्थानीयलाई तालिम दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको १० लाख रुपैयाँमा अहिले ८० जनालाई केराको थामबाट स्यानेटरी प्याड, डोरीलगायतका सामग्रीहरू बनाइएको छ ।’
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘करिब ९६ प्रतिशत कृषियोग्य भूमि छ । प्रतापपुर गाउँपालिका केरा र उखुको उत्पादन केन्द्र रहेको छ ।’ आगामी स्थानीय स्रोत र साधनको परिचालन गरी वस्तु उत्पादन गर्ने र उत्पादित वस्तुको बजारीकरणका लागि पालिका लागिरहेको यादवले बताउनुभयो ।
नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको पूर्वराज्यमन्त्री घनश्याम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय स्रोत परिचालनमार्फत् वस्तु उत्पादन गरी अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सके नेपालको अवस्था परिवर्तन हुन सक्छ ।’ प्रतापपुर ८ मा सञ्चालित तालिमबाट केराको थामबाट स्यानेटरी प्याड, डोरीलगायतका सामग्री उत्पादन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच