जुम्ला । नेकपा एमाले जुम्लाको ९औँ अधिवेशन आगामी बैशाखको दोस्रो साता हुने भएको छ ।
नेकपा एमाले जिल्ला कमिटीको मंगलबार बसेको बैठकले बैशाख १४ र १५ गते जुम्ला सदरमुकाम खलङ्गा बजारमा गर्ने निर्णय भएको एमाले जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतले जानकारी दिनुभयो । पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आथित्यमा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।
जिल्ला अध्यक्ष महतले भन्नुभयो ,'बैठकमा एकिकृत समाजबादी पार्टीबाट समायोजन भएका ३४ जना नेता कार्यकर्तालाई जिल्ला कमिटिमा मनोनितसँगै सपथ ग्रहण समेत भएको छ।'
जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष महतको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको जिल्ला अध्यक्ष महतको भनाइ छ।
पाँच वटा उपसमिति पनि गठन भएका छन् । प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, अथिति सत्कार समिति र स्वयम् सेवक समिति बनेका छन् । जुम्ला जिल्ला इन्चार्ज मोहन बानियाँ र केन्द्रीय सदस्य रतननाथ योगीको उपस्थितिमा सम्पन्न भएको बैठकमा अधिवेशनका लागि वडा स्तरबाट प्रतिनिधि छनोटदेखि पार्टीलाई मजबुद बनाउने विविध विषयमा छलफल भएको नेकपा एमाले जुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच