रुपन्देही । नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
११ औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभी इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीले संगठनले संचालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाइएकोले संगठन यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिनुभयो ।
केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्ने वताउनु भयो। नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सचिव सदस्य काशीराम आचार्य र दिपक शर्मा पौडेल, हेभी इक्युपमेन्ट डिभिजन प्रमुख टेकराज बोहरा लगायतले रक्तदानको महत्वको विषयमा आ आफ्नो धारणा राख्नु भएको थियो । संगठन रुपन्देही अध्यक्ष प्रेम प्रसाद खनालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै अस्पतालहरुमा देखिएको रगतको अभावलाई केहि हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको वताउनु भयो। उहाँले सहयोगीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमका संयोजक संगठन रुपन्देहीका सदस्य गुणाखर पाण्डेका अनुसार कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । सचिव जिवन पौडेलका अनुसार संगठन रुपन्देहीले नियमित विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु गर्दै आएको बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच