वैरागीद्वारा समाचारको खण्डन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले बुधबार हिमालय टाइम्सको प्रथम पृष्ठमा प्रकाशित ‘अर्बौं भ्रष्टाचारमा संलग्न अधिकारीको चलखेल’ शीर्षकको समाचारलाई लिएर खण्डन गर्नुभएको छ । उहाँले उक्त समाचारमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै वैरागीले प्राधिकरणका महानिर्देशक अधिकारी र आफूबीचमा घण्टौं छलफल हुने गरेको भन्ने कुरालाई समाचारको अंश बनाइएकोप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताउनुभएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘हुँदै नभएको कपोलकल्पित असान्दर्भिक विषयलाई समाचार बनाई प्रकाशित भएकाले यसबाट भ्रम सिर्जना हुनुका साथै मेरो पदीय मर्यादालाई समेत धुमिल बनाउने प्रयास गरेकाले सत्यतथ्य नबुझी प्रकाशन गरिएको उक्त समाचारको खण्डन गर्दछु ।’ उक्त विज्ञप्तिको बोधार्थ उहाँले प्रेस काउन्सिल नेपाललाई समेत पठाउनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अर्बौं भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उहाँमाथि पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अर्बौं भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले अधिकारीमाथि अनुसन्धान अगाडि बढाएपछि उहाँ अहिले आयोगका पदाधिकारीलाई नै हटाउने चलखेलमा लाग्नुभएको छ । यससम्बन्धी यथेष्ट सबुँत प्रमाण हिमालय टाइम्मसँग रहेको छ । सोही आधारमा समाचार प्रकाशन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?