संगीतकारलाई पैसा तिर्न न सकेर आफैं संगीत गर्न थालेको हूँ : सूर्य राई दनुवार

Read Time = 9 mins

नेपाली गीतसंगीतका क्षेत्रमा आफ्ना क्रियशनमार्फत धेरैको मन जित्न सफल हुनुहुन्छ गायक एवं संगीतकार सूर्य राई दनुवार । उहाँ गायन र संगीत दुवै क्षेत्रमा उत्तिकै उचाइमा आफ्ना क्रियशनमार्फत प्रशंसा बटुल्न सफल हुनुहुन्छ । एक सयभन्दा बढी सिर्जनामार्फत उहाँले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको छ । दर्जनौं सिरियल, आधा दर्जनजति नेपाली गीतहरूमा संगीत स्वर त्यस्तै विभिन्न भाषाभाषी गीतहरू गरी एक सयभन्दा बढी गीतमा स्वर र संगीतमा उहाँले आफ्नो खुबी प्रस्तुत गर्नुभएको छ । गीतका भिडियोमा समेत अभिनय गर्नुभएका दनुवार केही चलचित्रमा आफूलाई प्रस्तुत गर्नुभएको छ । ‘संगीतकारलाई पैसा तिर्न न सकेर आफैं संगीत गर्न थालेको हूँ’ भन्नु हुने सूर्य राई दनुवारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

सूर्य राई दनुवार गायक कि संगीतकार ?
म दुवै हो भन्न रुचाउछु । कसैले गाउन कसैले संगीत भर्न कसैले संगीत स्वर दुवै गर्न लाउनुहुन्छ यस अर्थमा म गायक र संगीतकार दुवै हो ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
विभिन्न सिरियल, सिरिज, नेपाली चलचित्र, विभिन्न विधाका गीत जस्तै लोकदोहोरी, पप, मेलोडियस लभसंगको संगीत र्सिजनामै व्यस्त छु ।

यहाँले अहिलेसम्म गरेका काम ?
खासै धेरै त छैनन् । यस्तै दर्जनौं सिरियल, आधा दर्जनजति नेपाली गीतहरूमा संगीत स्वर त्यस्तै विभिन्न भाषाभाषी गीत गरी एक सय बढी गीतमा स्वर-संगीत गरेको छु र गर्दै छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
स्कुल पढ्ने क्रममा यस्तो भूतस्वार भो जीवनमा नाम दाम कमाउने । सबैको माया पाउने । बाफरे गायक कलाकार भएपछि त भन्ने भो । देखिन्थ्यो पनि । २०५८/०५९को एसएलसीपछि काठामाडौं आइयो त्यसपछि संघर्षका दिन सुरु भए । निक्कै कठिन मिहिनेतपछि संगीत सिक्न सुरु गरियो र आज यो ठाउँसम्म आइपुगियो ।

यो क्षेत्रमा कला भएरमात्र नहुने रहेछ । पहिला दाम प्रशस्तै हुनुपर्दो रहेछ । कि भाग्यमा हुनु पर्‍यो । त्यो सायद एकादलाई मात्र भाग्यले साथ दिन्छ । मैले आफ्नो खुट्टामा उभिएर बल्ल गीतसंगीतलाई अगाडि बढाए । संगीतकारलाई पैसा तिर्न न सकेर आफैं संगीत गर्न थालेको हुँ मैले । दर्जनौं सिरियल, आधा दर्जन जति नेपाली गीतहरूमा संगीत स्वर त्यस्तै विभिन्न भाषाभाषी गीत गरी एक सयभन्दा बढी गीतरूमा स्वर-सगीत गरेको छु र गर्दै पनि छु ।

कतिको गाह्रो छ, चुनौती के कस्ता छन् यो क्षेत्रमा ?
यो क्षेत्रमा कला भएरमात्र नहुने रहेछ । पहिला दाम प्रशस्तै हुनुपर्दो रहेछ । कि भाग्यमा हुनु पर्‍यो । त्यो सायद एकादलाई मात्र भाग्यले साथदिन्छ । त्यो हजुरले देखिरहनु भएकै छ । म जस्तो एक सादाहरण, निम्न किसान परिवारको सदस्य न भाग्यले साथ दिन्छ न धनलक्ष्मीले नै दियो । जताततै खर्चै खर्च । मलाई सगरमाथा चढ्नुभन्दा कठिन भयो । आफ्नो खुट्टामा उभिएर बल्ल गीतसंगीतलाई अगाडि बढाए । तैपनि चाहेजति सबल र सफल हुन सकिरएको छैन । संगीतकारलाई पैसा तिर्न न सकेर आफैं संगीत गर्न थालेको हूँ । आज यो संगीतको यात्रालाई अगाडि बढ्न आर्थिक रूपमा दरिलो हुन मद्धत गरिरहेको छ ।

तपाईंले गायन, संगीत र भाषाभाषिका कति जति गीत गर्नुभयो होला ?
नेपाली, अवधी, हिन्दी, भोजपुरी, दनुवारी, नेवारी, राई दनुवार, तामाङ सेलो, मगरगरेर झण्डै एक सय बढी छन् ।

गायन, संगीत सँगसँगै भिडियोमा यहाँलाई देखिन्छ नि ?
हो, पेशा नै गाउने भएपछि अवश्य गीत त गाउने नै भइयो । भिडियोको माम्लामा चाहिँ कुनै बेला हिरो बन्नु पर्‍यो भनेर अभिनय सिकेकाले कहिलेकाहीँ भिडियोमा खेल्नेगर्छु भिडियो प्रायः । फिल्ममा पनि हुनेगर्छ मेरो छोटो मीठो भूमिका ।

संगीत कोसँग सिक्नुभयो ?
मेरो संगीतको पहिलो गुरु आदरणीय राम कार्कीज्यू हुनुहुन्छ । उहाँसँग वर्षौं सिके । पछि केही समय लोकप्रिय संगीतकार विकास चौधरी सरसँग पनि सकियो ।

सूर्य राई के हो ?
यो बहुत् जटिल प्रश्न सोध्नु भयो । म संगीतको सानो विद्यार्थी हो । आफ्नो परिचय खोज्दै छु । अहिलेसम्म साधारण आममानिस हो ।

गायक र संगीतकारमा के भन्न रुचाउनुहुन्छ ?
माथि पनि सुरुमा भने धेरै दुःख कष्टले अर्जेको यो नामलाई धेरै प्रेम गर्छु त्यसैले म दुवै भन्न रुचाउँछु ।

यो क्षेत्रमा न आउनु भएको भए ?
यसो आँकलन गर्न सकिन्छ नि गाउँको समान्य किसानको छोरो कहाँ हुन्छ र ? उही अरूका छोराछोरी दुवै कतार साउदीमा भएजस्तै म पनि त्यतै हुन्थे होला ।

यहाँको अहिलेसम्मको भोगाइमा जीवन के रहेछ ?
मेरो बुझाइमा जीवन भनेको ईश्वरको अमूल्य वरदान हो । जहाँ सुख, दुःख, मिलन बिछोड भइरहन्छ । यसलाई हरेक पल हर मोडहरूमा खुशी भएर जे आइपरे पनि आत्मसात गर्ने हो । साथीभाइ इष्टमित्र सबैलाई प्रेम बाड्नु र अञ्जान व्यक्तिलाई भाइचराको सम्बन्ध बनाउनु प्रेम हो । भनिन्छ एउट असल साथी जोड्नु भनेको करोडौं कमाउनु बराबर हो ।

यहाँले यो क्षेत्रमा पुर्‍याउनुभएको योगदानस्वरूप थुप्रै मान सम्मान, पुरस्कार र अवार्ड पाउनुभएको छ । कस्तो लाग्छ फर्केर हेर्दा ?
मेरा कामलाई हौसला प्रदान गर्छन यस्ता मान सम्मान, पुरस्कार र अवार्डले खुशी लाग्छ । अझ हौसला मिल्छ थप कार्यका लागि । मैले मायाको चिनो धेरै पाएको छु । फाल्गुनन्द लिङ्देन फिल्मस प्रालिद्वारा आयोजित एफएलएफ अवार्ड २०२२ को भाषा भाषी विधाको सर्वोत्कृष्ट गायक अनी विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजित हिमालयन इन्टर नेशनल अवार्ड २०२३ बाट भाषाभाषीकै सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरेको छु । यस्तै मानसम्मान र पुरस्कार छन् ।

अन्त्यमा ?
यो बसाइ र संवादका लागि यहाँ र यहाँको सञ्चारमाध्यप्रति आभारी छु । म जस्तो स्रष्टा धेरै छन् उसको काम र अनुभवलाई हेरेर श्रोता/दर्शकले पुर्‍याउनुभएको मायाको साथ सर्पोट हौसला प्रदान गर्न हार्दिक अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?